बाँदरले खाना पकाएर खाएको देख्नु त के, सुन्न भएको पनि छैन होला । तर, अमेरिकाको लोवामा यस्तो बाँदर छ, जहाँ बाँदरले सलाई कोरेर आगो बाली खाना पकाएर खाने गरेको देख्न पाउनु हुन्छ ।

लोवामा कान्जी नाम गरेको एउटा बाँदरले खाना पकाएर खाने गरेपछि यसले धेरैलाई आश्चर्यमा पारेको छ । यस्तो अचम्मको बाँदरबारे नेसनल जियोग्राफी च्यानलले उसको डकुमेन्ट्री बनाई प्रसारण गरिसकेको छ ।

यो बाँदर ३३ वर्षको छ । यसले आगो बाली खाना पकाएको हेर्न मानिसहरू पुग्ने गरेका छन् । यसले पात, पतिंगर, झिँगटी आदि जम्मा गरेर एकै ठाउँमा भेला पार्छ र सलाई कोरेर आगो लगाउँछ । र, आगोमा मार्समैलो नाम गरेको अन्डाबाट बन्ने अमेरिकी परिकार पोल्ने गर्छ । परिकार आगोमा राम्रोसँग पाकेपछि आगोबाट झिकेर एकछिन सेलाएपछि बाँदरले खाने गरेको छ ।

खान पकाएर खाने यो बाँदरको भिडियो अहिले सामाजिक सञ्जालमा खुब पपुलर बनेको छ ।

https://www.youtube.com/watch?v=6Fqezu8MVog

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार