निद्रा यौनजीवनसँग निद्राको गहिरो सम्बन्ध छ । पर्याप्त ननिदाउने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन । यस्ता मानिस सेक्सप्रति त्यति उत्साहित हुँदैनन् ।
खानपिन भव्य सेक्स जीवनका लागि पौष्टिक आहारको आवश्यकता पर्छ । अण्डा, माछा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले यौनशक्ति बढाउँछ । आराम शरीर र मनलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ ।
चिन्तित रहने मानिसको शरीरमा सेक्स हार्मोनको पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौनजीवनलाई भव्य बनाउन सकिन्छ । व्यायाम शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्नुपर्छ ।
सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । गीत सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हो । रोमान्टिक गीत बजाउनुहोस् ।
कपडा राति सुत्दा लगाउने कपडाले पनि सेक्स मुड बनाउन भूमिका खेल्छ । बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरनले पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ । डाक्टर सेक्स गर्दा दुख्ने, लिंग उत्तेजित नहुने, योनि सुक्खा हुने आदि समस्या छन् भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।nagariknetwork
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck







