काठमाडौं । नेपाली समाजमा अहिले बलात्कार एकदमै ठुलो समस्याको रुपमा देखिएको छ । कञ्चनपुरकी निर्मला पन्तले न्याय नपाएको पनि वर्ष दिन पुग्न थालेको छ । उनको परिवारले अहिले क्षतिपुर्ति पाएको छ । भारतमा पनि बलात्कारमा घटनाहरु बढ्दै गएका छन् । अहिले फेरि नेपालमा सबैलाई झस्काउँने एक डरलाग्दो बलात्कारको घटना बाहिर आएको छ ।
प्रहरीले हिजो १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेको प्रहरीले जानकारी दिएको छ । महोत्तरी सोनमा गाविस–५ घर भएका यादव हाल ललितपुर धोविघाट बस्दै आएका थिए ।
४५ वर्षीय यादवले १८ वर्षीया निशा (नाम परिवर्तन) लाई बारम्बार जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले छोरीलाई बलात्कार गर्दै आएका थिए । उनले विदेशहरुमा बाबुछोरीले यौनसम्पर्क गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो ।
घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती यौन सम्बन्ध राख्ने गर्थे । गएको ३–४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई बलात्कार गर्दै आएको खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत निशालाई बाबुले संवेदनशील अंगमा स्र्पश गर्ने गरेको पनि खुल्न आएको छ ।
अनुसन्धानबाट बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमालाई पनि थाहा भएको खुल्न आएको छ । आमाले आफ्नो परिवारको इज्जतका लागि भनेर उक्त घटना बाहिर ल्याउन नचाहेको तर श्रीमानलाई पटकपटक सम्झाएको बुझिन आएको छ । लामो समय देखि आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमाछोरीले यो घटनाको पर्दाफाँस गरेका हुन् ।
१२ कक्षामा अध्ययनरत किशोरी आफ्नै कलेजका शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएको प्रहरी बताउँछ । निशाले गएको जेठ १९ गते जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई पक्राउ गरिएको हो । प्रहरीले घटनाको बारेमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।janaboli
https://www.youtube.com/watch?v=6Fqezu8MVog







