काठमाडौं । परीक्षा दिएपछि परीक्षाफल कहिले आउँछ भन्ने कुरा धेरैमा कौतुहलताको विषय हुने गर्छन । यस्तै, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाबारे नयाँ अपडेट आएको छ ।

यस वर्षको नतिजा असारको तेस्रो हप्ता मात्रै आउने जानकारी दिइएको छ । अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८/१० दिन ढिला भयो,’ उनले भने, ‘त्योसँगै कर्मचारी समायोजनको कामले झन समस्या थपिदियो।’

परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको हो । अहिले डाटा इन्ट्रीको काम भइरहेको भन्दै चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ बाट सञ्चालन गरिएको थियो ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार