काठमाडौं । एक साता भन्दा लामो समय देखि हराइरहेको भारतीय वायुसेनाको बेपत्ता एएन–३२ जहाज फेला परेको छ । विमानको केही भाग उद्धारकर्मीले फेला पारेका हुन् । सर्च अपरेशनका क्रममा अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको खबर भारतीय सञ्चारमाध्यमहरुले सम्प्रेषण गरेका छन् ।
जहाजको बाँकी भागको खोजीका लागि उद्धारकर्मी जुटेका छन् । भारतीय वायुसेनाले केही दिन पहिले जहाज फेला पार्ने व्यक्तीलाई ५ लाख भारु दिने बताएको थियो । यो जहाज जुन ३ मा असमको जोरहाटबाट उडेको थियो । यस जहाजमा ८ चालक दलका सदस्यसहित १३ जना सवार थिए । यो जहाज भेटिएको स्थान सियाङ्ग जिल्लाको पयुममा पर्दछ ।
वायुसेनाले जहाजको भग्नवाशेष बेपत्ता एएन–३२ मालवहाक विमानकै हो भन्ने एकिन गर्न बाँकी रहेको जनाएको छ । करिब १२ हजार फुटको उचाईमा जहाजको भग्नवाशेष फेला परेको हो । एमआई–१७ हेलिकोप्टर अहिले खोजीमा जुटेको छ । खराब मौसमका बावजुद भारतीय वायुसेनाको मालवहाक विमान एएन–३२ को खोजी अभियान चलाइरहेको छ ।janaboli
https://www.youtube.com/watch?v=9GTAOdfnWgE







