काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नरेन्द्र मोदी सरकारलाई लिएर नयाँ बयान दिनु भएको छ । विश्वमा नै आफुलाई शक्तिशाली देशको रुपमा देखाउँदै आएको अमेरिका कतिपय देशसँग परमाणु सम्झौता र व्यापार युद्धमा नै अग्रसर बढि देखिईरहेको छ । इरान , रुस , चीन , भेनेजुएला , भारत लगायतका देशसँग कुनै न कुनै रुपमा अमेरिकाको असन्तुष्टी रहदै आएको छ ।

चीन पछि अमेरिकाको व्यापार युद्ध कतै न कतै भारतसँग पनि हुदै आएको छ । कहिले भारतले अमेरिकालाई सामानमा अत्याधिक कर लाद्ने गरेको छ भने कहिले अमेरिकाले भारतलाई । केही समय अगाडीसम्म भारतले इरानसँग तेल र रुससँग हतियार किनेको भन्दै रुष्ट भएको अमेरिकालाई फकाउन भारतले इरानसँग तेल खरिद आधा घटाईसकेको छ भने भेनेजुएलासँग पुर्णरुपमा बन्द गरिसकेको छ ।

तर पनि अमेरिका भारतबीच हुने व्यापार असन्तुष्टी रोकिएको छैन । हाल भारतले अमेरिकाबाट आयात हुने गरेको मोटरसाईकलमाथि चर्को कर लगाएको छ । यही कारण डोनाल्ड ट्रम्प असन्तुष्ट भएका छन् । भारतले अमेरिकी मोटरबाईक हार्ले डेविडसनमाथि अत्याधिक कर लगाएको भन्दै मोदीसँग रिसाएका हुन् ।

हुन त भारतले उक्त मोटरसाईकलमाथिको कर सय प्रतिशत घटाएर ५० प्रतिशतमा झारेको छ तर ट्रम्प यसमा पनि खुसी छैन । सीबीएस न्युजसँग कुराकानी गर्दै ट्रम्पले आफनो शासनकालमा अमेरिकालाई कसैले मुर्ख नसोच्न भनेका छन् । कुराकानीको क्रममा उनले भने, ‘मेरो शासनकालमा अमेरिकालाई कसैले पनि मुर्ख बनाउन सक्दैनन् ।

अमेरिका मुर्ख देश होईन । भारत हाम्रो असल मित्र हो । नरेन्द्र मोदीले एक फोनकै भरमा मोटरसाईकलमाथिको कर सयप्रतिशतबाट ५० प्रतिशतमा त झारेका छन्, तर पनि यो पर्याप्त छैन । हामीले उनीहरुको मोटरसाईकलमाथि कुनै कर लगाउँदैनौँ भने हाम्रोमा चाही किन ?’ उनले मोदीको यो रवैया अमेरिकालाई मान्य नभएको बताए । एजेन्सी

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार