सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए।

उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ।

सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ।

सबै मानिसको शरीरमा एउटा ‘जैविक घडी’ हुन्छ। त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ।

तर केही मानिसको घडी अरूको भन्दा ढिलो चल्छ।

केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई राति जागा बस्न गाह्रो हुन्छ।

तर राति सक्रिय हुने मानिसमा यो प्रकृया उल्टो हुन्छ। उनीहरूको समस्या भनेको के हो भने आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान बिउँझनुपर्छ।

सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको छ।

Presentational grey line
तपाईँ राति जागा बस्नुहुन्छ कि बिहान सबेरै उठ्न सक्नुहुन्छ?
Image captionतपाईँ राति जागा बस्नुहुन्छ कि बिहान सबेरै उठ्न सक्नुहुन्छ?
Presentational grey line

वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका २१ जना व्यक्तिमा अध्ययन गरेका थिए। सरदर उनीहरू बिहान साढे दुई बजे मात्रै सुत्थे र बिहान १० बजेसम्म उठ्दैनथे।

उनीहरूलाई यस्तो निर्देशन दिइयो –

  • पहिलाभन्दा २-३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर पर्याप्त उज्यालोमा बस्ने
  • सकेसम्म चाँडै विहानको खानेकुरा खाने
  • बिहान मात्रै शारीरिक व्यायाम गर्ने
  • सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने
  • दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने
  • दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने
  • पहिलाभन्दा २-३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने
  • प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने

युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको विश्लेषणमा तीन हप्तापछि यो निर्देशन पालना गर्ने मानिसको जैविक घडीमा दुई घण्टाले सुधार भएको देखायो।

स्लीप मेडिसिन नामक जर्नलमा प्रकाशित शोधमा ती मानिसहरू उति नै घण्टा सुत्न सकेको उल्लेख छ।

युनिभर्सिटी अफ सरीमा प्राध्यापन गर्ने डेब्रा स्किनी भन्छीन्, “सामान्य दैनिकी बनाउँदा राति निद्रा नपर्नेहरूलाई पनि आफ्नो शरीरको घडी अनुकूल पार्न र समग्रमा आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार्न सहयोग पुग्यो।”

“निद्रा नपुग्दा र शरीरको घडी नमिल्दा धेरै शारीरिक प्रकिया अवरुद्ध हुन्छन् र त्यसो हुँदा हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्छ।”

शरीरको घडीतस्वीर कपीराइटGETTY IMAGES

शरीरले प्रकाशप्रति विशेष प्रतिक्रिया देखाउँछ। तसर्थ शरीरलाई दिउँसो धेरै र राति कम प्रकाश देखाउनुपर्छ।

सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ।

यो अध्ययनमा प्रयोग गरिएको विधि सामान्य सुझावजस्तो लागे पनि यो पालना गर्दा शरीरको घडीलाई अनुशासित बनाउन सहयोग पुग्छ।

अनुसन्धनकर्ताहरूलाई ढिलो सुत्ने बानी परेकाहरूमा कस्तो प्रभाव पर्छ भन्ने थाहा थिएन।

युनिभर्सिटी अफ बर्मिङ्घमका डा. एन्ड्रयू ब्याग्शोका अनुसार यी सामान्य कुरा जोसुकैले गर्न सक्छन् र त्यसबाट परिवर्तन पनि हुन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार