एजेन्सी – एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषयमा सोसल मिडियामा समाचारहरु देख्नु र सुन्नु भएकै होला विगतमा ।

आर्दीकी आमाका अनुसार आर्दी जब १८ महिनाको थियो तब उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिए । त्यसपछि आज, भोलि गर्दै आर्दीमा चुरोटको लत बस्यो र ऊ दिनमै ४० खिल्ली चुरोट पिउने अवस्थामा पुग्यो । चुरोटको लतले बच्चाको अवस्था गम्भीर बन्ने लक्षण देखिएपछि सरकार, स्वास्थ्य विशेषज्ञ तथा उसकी आमाले समेत आर्दीको लत छुटाउने कोसिस गरे ।

चुरोटको लत छुटाउनका लागि उसको ध्यान खानेकुरातर्फ आकषिर्त गर्ने प्रयास गरियो । पाँच वर्षको उमेरसम्ममा उसको चुरोटको लत त निकै कम भयो तर विडम्बना फेरि उसमा धेरै खानेकुरा खाने लत बस्यो ।

आर्दीले फेरि सबैको ध्यान खिच्न सफल भए । पाँच वर्षकै उमेरमा आर्दीको सरीरको वजन सामान्य भन्दा ६ किलो बढी भैसकेको थियो । अहिले ९ वर्षको हुँदा त आर्दी निकै फरक भैसकेको छ ।

आर्दीमा फरकपना आउनुको विशेष कारण छ । एकजना बच्चा सुरुमा चुरोटको लतमा र पछि खानाको लतमा फसेर जोखिममा परेको खबर फैलिएसँगै इण्डोनेसियाको महिला ससक्तिकरण तथा बाल संरक्षण मन्त्रालयले हस्तक्षेप गर्यो ।

त्यसपछि आर्दीको परिवार तथा डाक्टर समेतको सहयोगमा उसको खन्चुवा लत छुटाइयो । पहिले दिनमा ३ बट्टा दुध पिउने आर्दी अहिले वजन घटाउनका लागि केवल माछा, फलफूल तथा सागपात मात्र खाने गर्दछ । उसको जिउ विस्तारै स्वस्थ तथा तन्दुरुस्त बन्दै गएको छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=49s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार