कैलाली र कञ्चनपुर जिल्लामा बुधबार बिहानदेखि फेरि आँधीबेहरी सुरु भएको छ ।
अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन सामान्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । उनले केहीबेर चलेको आँधीबेहरी अहिले रोकिएको बताए ।
यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।
बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । कैलालीका हुरी पीडितहरुले राहत पाउन सकेका छैनन् ।







