काठमाडौं । पछिल्लो समय प्रविधिको तिव्र विकाससंगै विश्वलाई नजिक बनाएको छ । हरेक विषयका राम्रा पक्ष पनि हुन्छन् । नराम्रा पक्ष पनि हुन्छन् । प्रविधिको विकासले संसारलाई नजिक त बनाएको छ । साथसाथै अपराधलाई पनि बढाएको छ ।
जसलाई साइवर क्राइम भन्ने गरिन्छ । एक युवकले प्रविधिको गलत फाइदा उठाउँदै साइवर क्राइम गरेका छन् । उनले आफ्नी प्रेमिको हत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाटै प्रेमी-प्रेमिका बनेका यो जोडी पासवर्ड साटासाट गर्थे ।
तर एकदिन प्रेमिकाले पासवर्ड दिन नमानेपछि ती युवकले धारिलो हतियारले हत्या गरेका हुन् । लण्डनको एक सहरमा संगै बस्दै आएका यो जोडीको मिलन फसबुकबाटै भएको थियो ।
यो घटनापछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । प्रहरीको वयानमा ती युवकले प्रेमिकाको फेसबुकबाट गेम खेल्न चाहेको तर पासवर्ड नदिएपछि आवेशमा आएर प्रेमिकाको हत्या गरेको बताएका छन् ।
प्रहरीका अनुसार ती युवकले आफ्नी १० वर्षीय प्रेमिका पाउला न्यूमैनलाई साउथ लण्डन स्थित आफ्नै घरमा हत्या गरेका हुन् । जहाँ दुवै जना संगै बस्दै आएका थिए ।
प्रहरीको अनुसन्धानमा खुलाइएअनुसार ती युवक प्रेमिकाको फेसबुक म्यासेज पढ्न चाहिरहेका थिए । प्रेमिकाले पढ्न नदिएपछिती युवकलाई रिस उठ्यो । अभियुक्त ती युवकलाई लाग्यो कि उनकी प्रेमिकाले धोका दिँदैछिन । त्यसपछि उनले प्रेमिकाको हत्या गरेका थिए ।
पहिले ती युवकले प्रहरीलाई प्रेमिका पाउलाको कार दुर्घटनामा मृत्यु भएको बताएका थिए । पछि प्रहरी जाँचमा साँचो कुरा पत्ता लागेको हो ।
पाउलाले पूर्व प्रेमीलाई अश्लिल म्यासेज पठाएको थाहा पाएपछि पूर्व प्रेमीसंग अफेयर छ भन्ने शंका ती युवकलाई लागेपछि आवेगमा आएर हत्या गरेको पर्दाफास भएको हो । यो जोडी अधिकांश आ-आफ्ना फेसबुक साटासाट गरेर गमे खेल्थे ।
एजेन्सीको सहयोगमा
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=61s







