एजेन्सी । कोलम्बियाको लिबानो सहरमा १० महिनाका एक बालिका छिन्, जसको नाम जुआक्न्निता वेलेन्टिना हो । तर, उनलाई देख्ने कसैले पनि उनी १० महिनाकी हुन् भनेर पत्याउँदैनन् । किनकि उनी ज्यादै मोटी छिन् । यति कलिलो उमेरमै उनको शरीरको वजन २० किलो छ । प्रायः पाँच वर्षका बालबालिका मात्रै यति तौलका हुन्छन् ।
यी बालिका जन्मँदैखेरि २।७ किलोकी थिइन् । भर्खरै जन्मिएको बच्चाको यो औसत वजन हो । तर, त्यसपछि उनको ज्यान दिन दुईगुना रात चारगुनाका दरले बढ्दै गयो । यी बालिकाकी आमा सेन्ड्रा प्रान्कोले छोरीको वजन अप्रत्याशित रूपमा बढेपछि डाक्टरलाई देखाइन् । तर, बालिकालाई के भएको हो भन्ने पत्ता लागेन ।
कोलम्बियाको च्यारिटी संस्था गर्डिटोस डी कोराजोनले यी बालिकाको लालनपालनलगायत उपचारको सबै जिम्मा लिएको छ । संस्थाका प्रमुख सेल्वाडोर पेलेसियोले यी बालिकालाई कुनै दुर्लभ रोग लागेको हुन सक्ने बताए । सानैमा ज्यादै मोटाउने बालबालिका देखा पर्ने क्रम बढेकाले आफ्नो संस्थाले यो विषयमा काम गर्ने मनसाय बनाएको बताए ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=61s







