काठमाडौं । गम्भीर अपराधमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा पोखरामा प्रहरीले गोली चलाएको हा । लागूऔषध कारोबारीलाई पछ्याउँदै गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले चलाएको गोलीबाट लागूऔषध कारोबारी गोविन्द थापा घाइते भएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताउनुभयो । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको छ । थापा लागुऔषध मुद्दामै ३ बर्ष कतारको जेल परेको व्यक्ति भएको खुल्न आएको छ ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=64s







