गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरी दमनको विप्लव नेतृत्वको नेकपाले घोर भत्र्सना र निन्दा गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनताहरुलाई केपी–पिके बादल गृह प्रशासनद्वारा गरेको बर्बर दमनप्रति घोर आपत्ति र निन्दा गरेका छन् ।

प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञेप्तीमा भनिएको छ –

‘सामाजिक दलाल सरकार एकपछि अर्को गरी जनअधिकार कुल्चिदै फासिवादको अभ्यास गरिराखेको छ । यसै गरी सदनमा प्रस्तुत गरिएको गुठी विधेयक पनि एउटा यसैको उदाहरण हो । गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ । तर पछिल्लो समय गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिदैछ । तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र बैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ ।’

साथै उक्त वैधानिक र न्यायपूर्ण आन्दोलनमा घाइते भएकाहरुको उचित उपचारको व्यवस्थापन गर्न र न्यायपूर्ण समाधानकोलागि जोडदार मागसमेत प्रवक्ताले विज्ञप्तिमार्फत गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार