समाचार संकलनका लागी त्रिभुवन विश्वविद्यालय पुगेका पत्रकार केबी गाँउले रिपोर्टिङ स्थलबाटै पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको गेटमा जारी अनशनका बारेमा समाचार संकलन गर्न पुगेका गाँउलेलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

केबी गाँउलेका नामले परिचित पत्रकार कृष्ण बहादुर बिक राजधानी काठमाडौंबाट प्रकाशित हुने सुदर्शन साप्ताहिक पत्रीकाका प्रधान सम्पादक हुन ।

बुधबार दिउसाे साढे १२ बजेतिर पक्राउ गरेर उनलाई महानगरीय प्रहरी परिसर,टेकुमा राखिएको छ ।

गाँउलेका बारेमा प्रारम्भिक अनुसन्धान भईरहेकाे टेकुका एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार