काठमाडौं । १३ जना यात्रुसहित हराएको विमान फेला परेको छ । भारतीय वायु सेनाको हराइरहेको एएन–३२ विमानको टुक्रा फेला परेको छ । विमानको टुक्रा फेला परेपछि खोजी अभियान तिव्र रुपमा अगाडी बढेको छ । अरुणाचल प्रदेशको लियोपानको उत्तरी क्षेत्रमा टुक्रा पाइएको छ ।

यहाँ एक ठुलो जंगलमा विमान खसेको हुनसक्ने जनाइएको छ । अनुपयुक्त पहाडी इलाकामा फेला परेको भित्री तस्वीरहरु बिस्तारै देखिन थालेका छन्, भने छेउछाउका रुखहरु जलेका छन् । तपाईलाई जानकारी गराउँ यो भारत–चीन सीमा क्षेत्रमा पर्ने स्थान हो ।
भारतीय वायुसेनाका प्रवक्ता विंग कमांडर रत्नसार सिंहका अनुसार, एयर फोर्स, सेना र नागरिक प्रशासनको टोली बुधबार पुग्ने हेलीकोप्टर दुर्घटना स्थलतर्फ गइरहेका छन् । खराब मौसमका कारण खोज अनुसन्धानमा समस्या भएको छ । भारतीय एयर फोर्सको एनआई १७ हेलिकप्टर वेपत्ता विमानको खोजीमा प्रयोग भइरहेको छ ।







