विश्व पुँजीवादी युगमा प्रवेश गरेपछि फ्रस्टेसनमा जाने मानिसको संख्या पनि अत्यधिक बढेको छ । विश्वमै बढी हुने रोगमध्ये एक हो, फ्रस्टेसन ।

छिनमै खुसी हुने, छिनमै दुःखी हुने मानवीय स्वभाव हो । तर, यसको अवस्था बढ्दै गएमा फ्रस्टेसनमा गएको बुझ्नुपर्छ । जीवनमा हुने विभिन्न घटनाले मानिस फ्रस्टेसनमा जान्छ । बेरोजगारी, दैनिक पटक–पटक असफलता, प्रेममा धोका आदि कारणले मानिस फ्रस्टेसनमा जाने गरेका छन् ।

यस्ता छन्, मानिस फ्रस्टेसनमा जानुका कारण :

लक्षण
– मन खुसी नरहने ।
– कुनै कुरामा पनि ध्यान केन्द्रित नहुने ।
– रिस उठिरहने ।
– यौन चाहना घट्ने ।
– आत्मविश्वासमा कमी आउने ।
– बोल्न मन नलाग्ने ।
– शरीर भारी हुने, दुखिरहने ।
– साथीहरूसँग पनि त्यति बस्न, भेट्न मन नलाग्ने आदि ।

स्टेज
१ डिप्रेसनको पहिलो स्टेजमा भएको मानिसलाई काम गर्न मन नलाग्ने, मन दुःखी भइरहने हुन्छ ।
२ दोस्रो स्टेजमा पुगेपछि खान मन नलाग्ने, पेटको समस्या देखिइरहने, शरीर भारी हुनेजस्ता समस्या देखिन थाल्छन् । यस्तो अवस्थामा ध्यान केन्द्रित नहुने समस्या पनि देखिन्छ ।
३ फ्रस्टेसनको तेस्रो स्टेज जटिल अवस्था पनि हो । यो अवस्थामा पुगेको मानिसलाई नकारात्मक सोच आइरहने, संसारमा आफू एक्लो भएको महसुस गर्ने, आफ्नो केही योजना नभएको देखाउने या त्यस्तो प्रकृतिको सोच आउने हुन्छ । यो अवस्थामा पुगेको मानिसले आत्महत्यासम्म गर्छ ।

समाधान
मन खुसी हुन नसके खुसी हुने उपायको खोजी गर्ने ।
सिाथीभाइसँग कुरा गर्ने ।
सिमयमा खाने, पूरा निद्रा सुत्ने ।
मन परेको गीत सुन्ने बानी बसाउने ।
घुम्न जाने ।
व्यस्त रहने ।
योगा गरेर मन खुसी राख्न प्रयास गर्ने ।
यति गर्दा पनि मन शान्त नभएमा मनोपरामर्शदाता वा चिकित्सककोमा जानुपर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
फ्रस्टेसनका तीनवटा स्टेज हुन्छन् । मानिस फ्रस्टेसनको पहिलो र दोस्रो स्टेजमा छ भने परामर्शबाट पनि निको हुन सक्छ । तर, तेस्रो अवस्थामा पुगेमा अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्छ ।

पहिचान
एउटै कुराले लगातार दुई हप्ता वा त्योभन्दा बढी मन दुखित हुन्छ भने त्यसलाई समस्याको रूपमा लिनुपर्ने हुन्छ ।

रिसर्च
विश्वमा करिब ३५ करोड मानिस फ्रस्टेसनको सिकार छन् । जसमध्येका १५ देखि २० प्रतिशत मानिसले आत्महत्याको बाटो रोज्ने गरेका छन् । अनुसन्धानले पुरुषभन्दा महिलामा बढी फ्रस्टेसन हुने देखाएको छ । विशेषगरी, १५ देखि ४५ वर्ष उमेर समूहका महिला फ्रस्टेसनबाट पीडित हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार