काठमाडौं । आफ्नो क्षेत्रको विकासका लागि भनेर जनताले नेता, सांसद चुन्ने गर्दछ । यति भएपछि यो त भन्न आवश्यक भएन कि नेताहरुले संसदमा आफ्नो क्षेत्रको विकास र जनताका बारेमा कुर गर्छन ।
तर संसदमा पोर्न फिल्म हेर्दाहेर्दै नेता समातिए भन्ने खबर बाहिर आयो भने के हुन्छ ? यो खबर सुन्दा धेरैलाई त पत्याउन गाह्रो हुनुपर्छ । तर, कांग्रेसका एक सांसद अश्लील चलचित्र हेर्दाहेर्दै रंगेहात समातिएका छन् ।
भारतको ओडिशामा बसेको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए ।
झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वा्चित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे ।
उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बिजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ । बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।
यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन् ‘यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।’ मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=65s







