राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक पदमा जागिर खुवाईदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ ।

आफुलाई राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउँदै ठगी गरेको आरोपमा बाराका २८ वर्षीय सुवास साहलाई जिल्ला प्रहरी कार्यालयको टोलीले हेटौंडा

उपमहानगरपालिका–१० बाट पक्राउ गरेको हो । ५ लाख रुपैयाँ दिए अनुसन्धान सहायक पदमा जागिर लगाई दिन्छु भनि फारम भराई रहेको अवस्थामा साहलाई पक्राउ गरिएको एसपी मुकेशकुमार सिहंले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार