काठमाडौं । प्रहरी र आक्रमणकारीबीच भएको दोहोरो गोली हानाहानमा ७ जना मारिएका छन् । भारतको जम्मू–कश्मीरको अनंतनागमा आक्रमणकारीले सीआरपीएफ टीममाथि आक्रमण गरेका थिए ।

यस घटनामा ४ जना प्रहरी घाइते भएको जानकारी दिएको छ । आतंकवादी आक्रमणपछि प्रहरीले जवाफी गोली प्रहार गर्दा एक जना आक्रमणकारीको पनि ज्यान गएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार अनंतनागको केपी रोडमा सीआरपीएफ–प्रहरीको गाडीलाई निशाना बनाएर बम आक्रमण गरेका थिए । जवाफमा प्रहरीले पनि आक्रमण सुरु गरेको थियो जसमा एक जना आक्रमणकारी र अर्का सर्वसाधारण मारिएका छन् ।

आक्रमणकारी आक्रमणमा मर्नेहरुको ५ जना प्रहरी र सीआरपीएफ जवान दुबै रहेको जानकारी दिइएको छ । यो क्षेत्रमा लामो समय देखि आक्रमण हुँदै आएको छ । एजेन्सी

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=65s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार