खलङगा – नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका एक नेता जुम्लामा पक्राउ परेका छन् ।

विप्लव नेतृत्व नेकपाका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार