३० जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकीको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

मृतक दुबैजना स्काभेटर (डोजर) का सहयोगी हुन् । डोजरका चालक भने भागेर जोगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

पहिरोले पुरिएकाहरुको शव स्थानीय र प्रहरीले निकालेको छन् ।onlinekhabar

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=18s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार