कार गुड्न पेट्रोल होइन अब रायोको साग भए पुग्नेछ । वैज्ञानिकहरुले रायोको सागमा यस्तो क्षमता भेट्टाएका छन् जसले सूर्यको प्रकाशलाई वैकल्पिक स्वच्छ उर्जामा परिणत गर्न सक्छ । अमेरिकाको एरिजोना र पुर्ड्यु विश्वविद्यालयका शोधकर्ताहरुले रायोको सागबाट निकालिएको फोटोसिस्टम-२ नामक प्रोटिन कम्प्लेक्स लाई वैकल्पिक उर्जा उत्पादनमा प्रयोग गर्न सकिने विधि पत्ता लगाएका हुन् ।
शोधकर्ताहरुले यो प्रोटिनलाई लेजर प्रकाशको माध्यमबाट उत्प्रेरित गराएपछि त्यसका अणुमा रहेका इलेक्ट्रोनको संरचनामा परिवर्तन भएको पाए ।
त्यो प्रोटिन कम्प्लेक्स काम गर्नका लागि प्रकाश आवश्यक परेकोमा लेजरलाई सूर्यको प्रकाशको रुपमा प्रयोगशालामा प्रयोग गरियो । प्रोटिनले काम गर्न थालेपछि शोधकर्ताहरुले इलेक्ट्रोन प्याराम्याग्नेटिक रिजोनेन्स तथा एक्स रे स्पेक्ट्रोस्कोपीको प्रयोग गरी इलेक्ट्रोनका संरचना कसरी परिवर्तन भए भन्ने कुराको अवलोकन गरे ।
‘हामीले अध्ययन गरेका प्रोटिनहरु अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रणालीको रुपमा रहेका छन् जसले सूर्यको प्रकाश शक्तिलाई रासायनिक शक्तिमा बदल्ने काममा ६० प्रतिशत दक्षता प्रदर्शन गर्छन्’, पुर्ड्यु विश्वविद्यालयकी शोधकर्ता युलिया पुष्कर बताउँछिन् ।यो प्रणालीको माध्यमबाट कृत्रिम प्रकाश सस्लेसणमार्फत वैकल्पिक उर्जा उत्पादनमा प्रयोग गर्न सकिने सम्भावनाको ठोका उघ्रेको शोधकर्ता बताउँछन् । कृत्रिम प्रकाश संस्लेषणको माध्यमबाट शौर्य उर्जालाई नविकरणीय, वातावरणमैत्री हाइड्रोजनमा आधारिक इन्धनमा परिणत गर्न सकिने र सोही उर्जालाई गाडी गुडाउन लगायतका अन्य विभिन्न काममा समेत प्रयोग गर्न सकिने सम्भावना रहेको शोधकर्ताहरुको भनाइ छ ।onlinekhabar

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=18s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार