अनुहारको समस्याहरु
मुखको समस्या भित्र विभिन्न समस्याहरु हुन्छन् । मुखभित्र दाँत, जिब्रो, गाला, गिजा हुन्छ । दाँतको समस्या किरा लाग्ने, गिजाको समस्या रगत आउँने, पिप आउने, घाउ आउने हुन्छ । गाला, जिब्रोको तल थुकको ग्रन्थी, तालुको समस्याहरु मुखभित्रको हुन्छ ।
म्याक्जिलोफेसियलले अनुहारको बाहिर देखिने भाग र भित्रको सबै भाग हेर्दछन् । यसमा मुख भित्रको क्यान्सर र मुखबाहिरको क्यान्सर, जन्मिँदै लिएर आएको समस्याहरु तालु, ओठ खुडे, जन्मिइसकेपछि दुर्घटना भएर आएको समस्या, जन्मिने क्रममा भएको समस्याको समाधान गर्न म्याक्जिलोफेसियलको आवश्यक पर्दछ । सम्पूर्ण अनुहारको विभिन्न समस्या ओरल म्याक्जिलोफेसियल सर्जनले उपचार गर्दछन् ।
जटिलता
मुख स्वास्थ्यको लागि विश्व स्वास्थ्य संगठनले पनि ‘ह्वाट इज हेल्थ’ भनेको मानसिक, शारीरिक, आर्थिक, सामाजिक सबै रुपमा मानिस ठिक छ भने मात्रै त्यो व्यक्ति स्वस्थ हुन्छ भनेको छ ।
मान्छेमा रोग नहुनु मात्रै स्वस्थ होइन । मुख सम्पूर्ण चिज हो, खाने, बोल्ने, पेटमा जाने मूख्य द्धार हो ।
बच्चा जन्मिनुभन्दा अगाडि वा आमाको पेटमा हुँदा नावीबाटै सबै कुरा खाने हुन्छ तर जन्मिइसकेपछि त्यो काटेर मिल्काइन्छ ।
त्यसैले बच्चा जन्मिएपछि मुख प्रमुख द्धार हो । सबै राम्रो–नराम्रो खाइन्छ । मुख त्यस्तो चिज हो नराम्रो खाए रोग लाग्छ त राम्रो खाए उपचार हुन्छ ।
नराम्रो खाएर विभिन्न रोग लागेपनि अनुहारमा नै परिणत हुन्छ । जण्डिस भयो भने अनुहारमा देखिन्छ त्यस्तै अरु रोग पनि अनुहारमा नै आएर झल्किन्छ त्यसैले अनुहार ऐना पनि हो ।
डायवेटिज, लिभर, मधुमेह सबै रोगलाई मुखबाट खाने चिज मात्र खाए वा कन्ट्रोल गरे बचाउन सकिन्छ । यदि खानामा कन्ट्रोल गर्न नसके विभिन्न रोगबाट ग्रसित भइन्छ । मुख केयर गर्न नसके कलेजो, मुटु आदी शरिर भित्रको विभिन्न रोग लाग्न सक्छ ।
हाम्रो जस्तो अविकसि देशमा विकसित देशको सबै कुरा कपि गर्न खोज्छौँ तर सबै कुरामा अगाडि आएपनि सफासुग्घरमा छैनौँ । विकसित देशमा मुख स्वस्थलाई बढी प्रायोरिटी दिन्छन् तर हाम्रोमा त्यो छैन । त्यसैले नेपालीहरुले मुखको केयर नगरेर आफ्नो हेल्थ विगारेका छन् ।
कुनै १ व्यक्ति ५० प्रतिशत मानसिक विरामी हुन्छन् । अस्पतालमा लगेर डाक्टरकोमा लैजाने वित्तिकै विरामीलाई सोधेको भरमा आदी रोग निको हुने गरेको छ । डाक्टरकोमा गएर आदी रोग निको हुनु भनेको नै मानसिक रोग बढी हुनु हो ।
मानिसलाई २० प्रतिशत खानेकुराबाट, २० प्रतिशत व्यायाम नगरेर हुन्छ । यि तिन कुरामा राम्रो केयर गरे ९० प्रतिशत रोग सञ्चो हुन्छ १० प्रतिशत मात्रै डाक्टरकोमा जानुपर्छ । मुख स्वास्थ्य केयर गरे मानिस पूर्ण रुपले स्वस्थ हुन्छ ।
क्यान्सर जस्तो भयानक रोग दिनानुदिन बढ्दो छ । नेपालमा अहिले मुख क्यान्सर रोग दोस्रो नम्बरमा छ । मुखबाट खाने पनि खान्छौँ नखाने पनि खान्छौँ त्यसैले खान हुने राम्रो मात्र खाँऔँ । हामीले मुखबाट धुमपान, मद्यपान, पान, पराग सबै खान नहुने स्वास्थ्य विगार्ने यहि मुखबाट खान्छौँ, त्यसैले यस्तो कुराको केयर नगरे ज्यानै समेत जान्छ ।
सरकारले नीतिगत काम गरी मुख स्वास्थ्यको प्रायोरिटी दिएर काम गरे देशमा रोगी नै कम हुन्छन् ।
बच्ने उपायहरु
हामीले सर्बप्रथम हेरविचार गर्ने तिन कुरा छन् ।
१. हामीले मुख कसरी हेरविचार गर्ने भन्ने जान्न आवश्यक छ । ९० प्रतिशत मानिस त दाँत माझ्न समेत जान्दैनन् ।
दाँतको पाँच भाग हुन्छ (टोक्ने भाग, गालाको भाग, जिब्रोको भाग, दुई वटा दाँतबीचको दुई भाग) यि सबै भाग सफा हुने गरी माझ्नुपर्छ । सफा गर्न दाँतलाई ब्रस गर्ने, फ्लस गर्ने, इन्टरडेन्टल गर्ने भनिन्छ । विहान, बेलुकी सँधै ब्रस गर्न जरुरी छ ।
२. खानपानमा ध्यान दिने
जस्तो खाना खाइन्छ त्यस्तै मन हुन्छ भने झैँ खानपानमा विशेष ध्यान दिनुपर्छ । हामीले दैनिक स्याउ ग्र्याम ग्र्याम खायौँ भने दाँत सफा देखि पेट समेत सफा गर्दछ । सबै कुरा चपाएर खानेगर्नुपर्दछ । गुलियो चिज र जंकफुड खाँदैनखाने गरे अरु विभिन्न रोगबाट पनि बच्न सकिन्छ । चिल्लो पनि खाँनुहुँदैन त्यस्तै नराम्रो चिज खाँदै नखाने (जस्तैः धुमपान रक्सी, चुरोट, खैनी, गुट्का मद्यपान) गर्नुपर्छ । खानामा कन्ट्रोल गरेमात्रै हामी मुख रोगमात्र नभएर विभिन्न रोगबाट छुटकारा पाउन सक्छौँ ।
३.नियमित रुपमा व्यायाम
योगा, व्यायाम, विभिन्न एक्सरसाइज, बिहानै उठ्ने, जगिङ गर्ने, मर्निङ वाक गर्नाले पनि रोगबाट मुक्ति पाइन्छ । त्यस्तै नियमित रुपमा डेन्टल सर्जनकोमा गएर ६÷६ महिनामा चेकजाँच गर्ने गर्नुपर्छ ।
असार, साउनमा हरियो मकै खाने बेला भएको छ गुलियो हुन्छ तर यसले असर गर्दैन । मकै प्राकृतिक प्रोडक्स भित्र पर्ने भएकाले त्यसको बाहिरी भाग दाँतमा अड्किन्छ तर त्यो निकाल्दा उल्टै आफसेआफ दाँत सफा हुन्छ । मकै भुटेर, पोलेर जसरी खाएपनि राम्रो हुन्छ तर दाँत तुरुन्त सफा गर्नुपर्छ । गुलियोको कारण किराले खाने सम्भावना हुन्छ । मकैले मुखको मात्र नभएर पेट सकैलाई बेनिफिट हुन्छ र राम्रो हुन्छ ।
विभिन्न समस्याको जननी समस्या मुख हो । किनभने मुखबाट खाएकै कारण पेटमा समस्या हुन्छ र विभिन्न किसिमका समस्या शरिरमा देखिन्छ । बाहिरी बातावरणको कारण पनि विभिन्न रोग लाग्छ तर खाएको कारण झन् धेरै स्वास्थ्य समस्या हुन्छ त्यसैले खान नहुने कुराबाट जोगिऔँ ।
नेपालमा हाल बच्चाहरुको दाँतमा बढी समस्या देखिँदै गएको छ । दाँत उम्रिदैँ ठुटो मात्रै हुने गरेको पनि छ । नेपाल देश विकसित छैन मानिस पनि अर्धविकसित छन् । सबै नेपाली विकसित देशमा गएर बसेका छन् तर उनिहरुले पनि राम्रो कुरा भन्दा बढी नराम्रो कुरा सिकेर आएका छन् । बाहिरबाट आएपछि वा यहि नेपालमा नै भएपनि ठूलो–ठूलो चकलेट बच्चालाई दिन्छन् तर सफा गर्ने कुरामा ध्यान नै छैन । अरु देशमा जस्तै गरी खान दिन जाने तर सफा गर्ने कुरामा पछि परे यो नराम्रो हो ।
हाम्रो समाज नै इष्र्या गर्ने भइसक्यो, छिमेकिले उसको बच्चालाई दिएको चकलेट दिन्छ अनि अर्को दिन आफ्नो बच्चालाई त्यो भन्दा ठूलो चकलेट दिने चलन छ ।
घरको खानेकुरा खाँदा कमजोर पो हुँकी, सानो पो हुन्छु कि भनेर बाहिरको विभिन्न कुरा दिने चलन छ त्यसले विभिन्न रोग देखि लिएर मुखको समस्या ल्याउँछ । बच्चालाई आइप्याड किन्दिएर आफु विकसित भएको कुरा देखाउन खोज्ने समस्या छ, त्यसले स्वास्थ्य समस्या हुन्छ ।
बच्चा जन्मिएको ६ महिना देखि दाँत आउने हुन्छ । ३ साँढे ३ वर्षसमम्म बच्चाको २० वटा दाँत आइसक्छ तर दाँत उम्रिन नपाउँदै किराले खाइ सकेको हुन्छ । त्यसैले यसबाट बच्न सानैदेखि बच्चाको गिँजा कटनले पुछिदिने, नरम ब्रसले ब्रस गर्ने गर्नुपर्छ । बच्चालाई बेलुकी सुताउन दुधमा चिनी राखी खुवाइन्छ अनि सफा नगरी सुताइन्छ त्यसैले गर्दा भयावह रुपमा दाँत ठुटो मात्र हुने समस्या आएको छ । त्यस्तो दाँतको उपचार गर्न पनि गाह्रो हुन्छ । निकाल्दा पनि पछि बाङ्गोटिंगो आउने हुन्छ । बंगराको हड्डीको राम्रो विकास नहुने हुँदा उपचार पछि पनि समस्या हुनसक्छ । त्यसैले स्वस्थ बच्चा चाहने हो भने सानैदेखि बच्चाको विशेष स्वास्थ्यको हेरचाह गर्न जरुरी छ ।
(ओम समाज डेण्टल अस्पतालका ओरल म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेसँग बाह्रखरीकर्मी यसिमा महतले गरेको कुराकानीमा आधारित)







