देशभरका सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढ्‍ने भएको छ।

हालै बसेको यातायात व्यवस्था विभाग बैठकले असार १ गतेदेखि लागू हुनेगरी भाडा बढाउन लागेको यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन्।

उनले देशभरका सार्वजनकि यातायातमा असारदेखि लागू हुने गरी न्‍यूनतम ५ प्रतिशतदेखि १२ प्रतिशतसम्‍म भाडा बढाउने निर्णइ भएको र मिटरमा चल्‍ने ट्‍याक्सीको हकमा पनि १२ प्रतिशत नै भाडा वृद्धि हुने बताए।

उनका अनुसार विभागले ययसबारेमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले नै उक्त निष्कर्षमा पुगेको हो।

यसअघि यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेपछि विभागले १० प्रतिशत भाडा बढाएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार