स्वस्थ रहने मन कसलाई पो हुँदैन र, तर व्यस्त दैनिकी, खानपानको लापरवाही, प्रदुषण जस्ता समस्याले हरकोहीलाई स्वास्थ्य समस्या देखिदै गएको छ । यस्तोमा स्वस्थ कसरी रहने भन्ने विषयमा हामीले ७ ओटा टिप्स तयार पारेका छौँ । हेर्नुस्
१. सकारात्मक सोचको विकास गरौँ ।
२. बिहान उठनेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गरौ ।
३. आफ्नो करिअर,परिवारको जिम्मेवारी, कामको बोझ,बढी महत्वकांक्षाजस्ता विषयले हुने तनाव भगाऔं ।
४. नियमित दिनचर्याको ख्याल गरौँ ।
५. खाने,बस्ने, सुत्ने उठनेजस्ता कुरामा सकभर एकरूपता दिऔ । आफूले गर्ने कामको समय निश्चित व्यायाम गरौ ।
६. ध्यान गरौँ । ध्यान एक साधारण शक्तिशाली प्रविधि हो , जसले तपाइँको मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ ।
७. नियमित स्वास्थ्य परिक्षण गरौँ । जसले कुनै पनि स्वास्थ्य समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ । यसरी सधैँ स्वस्थ रहन सकिन्छ ।







