नाइजेरियाली एक दम्पत्तिलाइ चर्चभित्रै रामरमाइलो गरेको अभियोगमा मुद्दा हालिलएको छ ।
३० वर्षे तोलु अकिनटेप र उनकी २८ वर्षीया श्रीमती बुन्मीलाइ चर्चभित्रै सेक्स सम्बन्ध राखेको अारोप लगाइएको मेट्रो दैनिकले समाचारमा जनाएको छ ।नाइजेरियाको इकेजास्थित पेन्टेकोस्टल एउटा सानो पेन्टेकोस्टल चर्चमा उनीहरूले रामरमाइलो गरेको बताइएको छ ।
चर्चका पादरी बेन्गा एखिमुले चर्चमा उनीहरूले पुर्याएको क्षतिपूर्तिका लागि उनीहरूसँग एक सय पाउन्ड माग गरेका थिए । उनीहरूले गरेको पाप मोचनका लागि एउटा भेडाको पाठो बलि दिनुपर्ने पादरी एखिमुको माग थियो ।
तर उनीहरूले पैसा नदिएपछि पादरी ती दम्पत्तिलाइ मुद्दा हाले । मुद्दाको सुनुवाइको क्रममा उनीहरूले उक्त कुरालाइ स्वीकार गरेका छन् । “मेरी श्रीमतीले याैनजीवनलाइ मसलायुक्त बनाउनु पर्छ भनेर भनिरहन्थिन् र त्यहि कुरालाइ मध्यनजर गर्दै हामीले अलि भिन्दै किसिमले याैनजीवन बिताउन चाहेका थियाै”, एकिन्टेपले भने ।
“मैले श्रीमतीको कुरामा उति चासो दिएको थिइनँ, तर एक दिन वास्तवमै त्यसो गर्ने इच्छा लाग्यो र हामीले चर्चमा सेक्स गर्याैं । र, उनले पनि खूप मन पराइन्”, उनले थपे । न्यायधिशले यी दुवैलाइ एक सय पाउन्ड तिराउनुका साथै एक सातासम्म चर्चको सरसफाइको जिम्मा लगाइदिए ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=20s







