इरानको सीमा नजिकै ओमनको सामुद्रिक इलाकामा तेल ट्याङ्करहरूमाथिको आक्रमण ‘शङ्कास्पद’ रहेको इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले बिहीबार बताउनुभएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आवले इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीसँग ‘बृहद् तथा मैत्रीपूर्ण कुराकानी’ भएकै दिन ‘जापानसँग सम्बन्धित भएका भनिएका ट्याङ्करहरूमाथिको आक्रमण शङ्कास्पद’ छन्, जरिफले आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ ।
इरानी विदेशमन्त्रीले आफ्नो देशद्वारा प्रस्तावित ‘रिजनल डायलग फोरम’ को आह्वान सकारात्मक रहेको भन्दै क्षेत्रीय वार्ताका लागि पुनः आग्रह गर्नुभएको छ ।
दुई तेल ट्याङ्करमाथि बिहीबार विहान आक्रमण भएको र तीमध्ये एउटा जापानी कम्पनीद्वारा सञ्चालित ट्याङ्कर रहेको बताइएको छ । इरान र अमेरिकाबीचको तनाव कम गर्ने प्रयासस्वरूप जापानी प्रधानमन्त्री आवे इरान पुगेका समय तेल ट्याङ्करमाथि आक्रमण भएको हो ।
राष्ट्रसङ्घ प्रमुखद्वारा घटनाबारे चासो व्यक्त, ट्रम्पलाई विष्फोटबारे जानकारी
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार खाडी क्षेत्रको तनावलाई विश्वले बहन गर्न नसक्ने बताउनुभएको छ । आक्रमणबारे प्रतिक्रिया दिँदै गुटेर्रेसले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घे सामुद्रिक क्षेत्र, जुन विश्वको धेरै तेल आपूर्तीका लागि मुख्य मार्ग हो, मा भएका ‘सुरक्षा घटनाहरू’ को कडा शब्दमा निन्दा गर्छ ।”
यसैबीच फ्रान्सेली समाचार संस्था ९एएफपी० ले ह्वाइट हाउस स्रोतलाई उद्धृत गरी दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शङ्कास्पद मानिएको तेल ट्याङ्कर विस्फोटबारे जानकारी गराइएको छ ।
ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “राष्ट्रपति ट्रम्पलाई विस्फोटबारे जानकारी गराइएको तथा अमेरिकी सरकारले घटनाको अवस्थाबारे थप अनुसन्धानका लागि आवश्यक सहयोग तथा पहल गरिरहेको बताइएको छ रासस/सिन्ह्वा
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६
https://youtu.be/9GTAOdfnWgE







