३१ जेठ, कञ्चनपुर । कञ्चनपुरमा २ सवारी आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा शुक्रबार बिहान भीमदत्त नगरपालिका–६, बनगाउँमा आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले दुर्घटनामा परेका ३ जनाको घनास्थलमै ज्यान गएको पुष्टि गरेको छ ।

मृतक तीनै जना अटोरिक्सामा सवार थिए । प्रहरीका अनुसार उनीहरुको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेमध्ये अटोरिक्साका चालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारत पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।nlinekhabar

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=21s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार