काठमाडौं । आफ्नै सालीलाई पटकपटक बलात्कार गर्दै आएका सई जेल चलान भएका छन् । बलात्कारको आरोपमा प्रक्राउ परेका नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत सई रामविनोद राय यादवलाई पुर्पक्षमा कारागार चलान गरिएको हो ।
रौतहट गौर घर भएका यादवले नाताले आफन्त पर्ने १९ बर्षिया सालीलाई पटक पटक यौनदासी बनाएको आरोप छ । ती युवतीले श्रीमानको साथ पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
प्रहरीको भेषमा भएको अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी अदालत बुझाईएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
सई यादवले १८ वर्षको उमेरदेखि पीडित युवतीको घर आएका बखत एप्पल जुसमा निद्रा लाग्ने औषधी राखेर लज पुर्याएर बलात्कार गरी भिडियो खिचेर फिल्म बनाउँदै पटक पटक त्यहि फिल्म देखाई बलात्कार गर्ने गर्दै आएका थिए ।
काठमाडौं । आफ्नै सालीलाई पटकपटक बलात्कार गर्दै आएका सई जेल चलान भएका छन् । बलात्कारको आरोपमा प्रक्राउ परेका नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत सई रामविनोद राय यादवलाई पुर्पक्षमा कारागार चलान गरिएको हो ।
रौतहट गौर घर भएका यादवले नाताले आफन्त पर्ने १९ बर्षिया सालीलाई पटक पटक यौनदासी बनाएको आरोप छ । ती युवतीले श्रीमानको साथ पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
प्रहरीको भेषमा भएको अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी अदालत बुझाईएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
सई यादवले १८ वर्षको उमेरदेखि पीडित युवतीको घर आएका बखत एप्पल जुसमा निद्रा लाग्ने औषधी राखेर लज पुर्याएर बलात्कार गरी भिडियो खिचेर फिल्म बनाउँदै पटक पटक त्यहि फिल्म देखाई बलात्कार गर्ने गर्दै आएका थिए ।janaboli
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=21s