एक दिवसीय विश्वकप क्रिकेटमा आगामी आइतबार भारत र पाकिस्तानबीच खेल हुनेछ । यो खेलको क्रिकेट प्रेमीले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

चिर प्रतिद्वन्दी पाकिस्तानविरुद्ध विश्वकपको हाई प्रोफाइल खेल भन्दा पहिले भारतीय टीमका कप्तान विराट कोहलीले उक्त म्याचमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने बताएका छन् ।

विराट कोहलीले भनेका छन्, ‘पाकिस्तान विरुद्धको खेलमा हाम्रा खेलाडीहरुको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहनेछ । धेरै वर्षदेखि दुई टोलीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । विश्वकै शानदार म्याच मध्येको यो खेल गर्वको विषय हो ।’

‘यो खेलमा सर्वाेत्कृष्ट प्रदर्शनका लागि हाम्रा खेलाडी तयार छन्, हामी मानसिक रुपमा पनि पूर्ण रुपमा तयार छौँ । पाकिस्तानविरुद्ध मैदानमा जितको रणनीति तयार पार्नेछौँ,’ कोहलीले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार