काठमाडौं । अब जंगलमा थरिथरिका जङ्गली च्याउ पाइन्छन् । यस मध्य धेरै खाना मिल्ने हुन्छन् भने केही खाना नमिल्ने पनि हुन्छन् । पाल्पामा च्याउ खाँदा एकै परिवारका चार दिदी–बहिनीसहित ६ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका पाल्पाका ११ जनामध्ये तीनजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा सिंह ठकुरी र ६ वर्षीय सुमन सिंह ठकुरी छन् । निशा र सुमन कान्छा बुबा र ठूलाबुबाका छोराछोरी हुन् ।

दुई दिनअघि १४ वर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

मृतक ६ जनामध्ये निशा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन् । विषालु च्याउ खाएर ११ जना बिरामी परेका थिए । बिरामी गरेका नौ जनाको कावासोतीस्थित मध्यविन्दु अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

बिरामीहरुमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी चार जनाको काठमाडौंमा उपचार भइरहेको छ । यो समयमा च्याउ खानु भन्दा पहिले खाना मिल्ने हो वा होईन भनेर ख्याल गर्न आवश्य हुन्छ ।janaboli

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=31s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार