काठमाडौं । विगतमा लामो समय नाकाबन्दीको मार खेपेको नेपाललाई फेरि असर पर्ने देखिएको छ । नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका हिजो देखि बन्द गरिएको छ ।

भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच उत्पन्न विवादका कारण नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प भएर रोकिएपछि नाकाबन्दीजस्तै अवस्था उत्पन्न भएको छ ।

एसएसबी र भारतीय भन्सारबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सीमा नाकामा परेको जनाइएको छ । भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएका छन् ।

नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले जानकारी दिनुभयो ।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर–१८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा कुरा भइरहेको जानकारी दिनुभयो । अहिले उक्त क्षेत्रमा तनाब उत्पन्न भएको छ । यो नाकाबन्दी कहिलेसम्म रहने हो भन्ने कुरा एकिन भएको छैन ।janaboli

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=31s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार