काठमाडौँ, ३१ जेठ –  फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १६१औँ स्थानमा थियो । चार स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ ।

नेपालभन्दा माथि भारत १०१ औँ स्थानमा छ भने माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल रहेको बङ्गलादेश १८३औँ स्थानमा छ भने भूटान १८६औँ स्थानमा छ । त्यसैगरी श्रीलङ्का २०१ तथा पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम भने शीर्ष स्थानमा यथावत् नै छ । फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छ । (रासस)

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=33s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार