काठमाडौं । पछिल्लो समय विदेशी कलाकारले नेपाली चलचित्रमा काम गर्नु सामान्यजस्तै भएको छ । यस्तै पोर्न स्टार हुँदै बलिउडमा आतंक मच्चाएकी सन्नी लियोनी पनि नेपाली चलचित्र क्षेत्रमा आएकी छिन् ।

गएको बिहिबार फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनलाई फिचरिङ गरिएको छ ।

गीतमा सन्नीसँग कलाकार अनुपबिक्रम शाही, विक्रम जोशी लगायतले पनि ठुम्का लगाएका छन् भने गीतको शब्द लेखन कलाकार जोशीले गरेका छन् ।

आईटम गीतकै रुपमा ‘आजको साम’ लाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर रहेको छ भने पुरुष आवाजको परिचय दिइएको छैन ।

उक्त गीत ५ करोड लागतमा बताइएको निर्माण पक्षले दाबी गरेको छ । सन्नीको पारिश्रमिक मात्र २ करोड बराबार भएको बुझिएको छ । फिल्म युनिटले नयाँ प्रयास गरेपनि व्यवस्थित रुपमा गर्न नसकेको आरोप लगाइएको छ ।

रचनाकारले ठुम्का लगाउनु रहर हो या फिल्मको कथा हो त्यो भने फिल्म रिलिज पछि नै थाहा हुनेछ । अन्यथा निर्माताको फिल्मलाई पब्लिसिटीको माइलेज लिने फण्डा गरेको बुझ्न सकिन्छ ।

बलिउड अभिनेत्रीलाई नेपाली गीतमा समाबेश गर्नु राम्रो हो । तर, गीत त्यो अनुसार नहुनु दुखद भएको छ । जे होस फिल्मले भारतीय नायीकालाई नेपाली फिल्ममा आईटम गर्लको रुपमा प्रस्तुत गर्नु आफैमा राम्रो प्रचारको माध्यम हो ।

https://youtu.be/TGNlBS9xXtI

 

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=46s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार