राजधानीको चाबहिलको ओम अस्पतालमा तोडफोड भएको छ। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन्।

पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५९ वर्षकी रामप्यारी थापामगरको मृत्यु भएको थियो।

थापामगरको एक साता अगाडि शुक्रबार शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्य अवस्था झन् बिग्रदै गएको थियो। बिरामीका आफन्तले त्यसको दुई दिनपछि सानो आन्द्रा प्वाल परेको र नटाल्दा शरीरभर संक्रमण भएर मृत्यु भएको बताएका छन्।

मृतकको शल्यक्रिया डा.रविन कोइरालाले गरेका हुन्।

अस्पतालले लापरवाही गर्दा बिरामीको ज्यान गएको भन्दै बिरोध गर्दै आएका आफन्तले शुक्रबार साँझ अस्पतालमा तोडफोड गरेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार