१२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरहेको खेलमा वेष्ट इण्डिजले इंग्ल्याण्डलाई २ सय १३ रनको लक्ष्य दिएको छ।
इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजपछि पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर चार बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको हो।
उसका लागि निकोलस पोरनले सार्वधिक ६३ रन बनाए। यस्तै शिम्रोन हेटमायरले ३९, क्रिस गेलले ३६, आन्द्रे रसेलले २१ र कार्लोस वार्थवेट १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।
वेष्ट इण्डिजलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान तीन–तीन, जोय रुटले दुई तथा क्रिस वोक्स र लायम प्लुङ्केटले एक– एक विकेट लिए।







