काठमाडौ । सडकमा जहाँतही पानीपुरी बेचिन्छ । तर त्यो पानीपुरी अत्यन्तै हानीकारक रहेको देखिएको छ । एउटा त हामीले पानीपुरीको पुरी कसरी बन्छ भन्ने तस्वीर यहाँ देखाएका छौ ।

कामदार खुट्टाले पिठो मुछिरहेका छन् । अति फोहोर ठाँउमा पुरी बनिरहेको छ । अर्को पानीपुरीमा दिइएने पानीमा मानव स्वास्थ्यका लागि अति हानिकारक रसायन मिसाएर उच्च अमिलो बनाएर दिने गरेको तथ्य फेला परेको छ ।

पानीपुरी । यसको नाम लिनसाथ तपाईंको मुखमा पानी आउँछ । गोलाकार पुरी, आलु–मसला र अमिलो–टर्रो पानी । खासगरी युवतीहरु यो खान्कीमा लोभिएका छन् ।

पानीपुरी स्ट्रिट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । अहिले चिनियाँ परिकार ‘लाफिङ’ जहाँ बेचिन्छ, त्यहाँ पानीपुरी पनि उपलब्ध गराइन थालिएको छ । पानीपुरी खासमा भारतिय परिकार हो । अर्थात भारतको रैथाने परिकार । पिरो, अमिलो, टर्रो स्वादको यो परिकार सडकदेखि रेष्टुरेन्टको मेनुमा सम्म उपलब्ध हुन थालेको छ ।


शहरका यस्ता चोक र गल्ली सायदै होलान्, जहाँ पानीपुरीको दोकान छैन । रमाइलो त के भने अक्सर पानीपुरी युवतीहरुको प्रिय खान्की हो । जहाँ पानीपुरीको दोकान थापिन्छ, त्यहाँ युवतीको झुन्ड देखिन्छ । यद्यपी यो सबै वर्ग, लिंग र उमेरका उपभोक्ता लोभ्याउने खान्की हो । अर्थात सर्वप्रिय परिकार ।

कसरी सुरु भयो पानीपुरी ?

भारतमा यसलाई पानीपुरी एवं गोलगप्पे दुबै नामबाट चिनिन्छ । गोलागप्पा उर्दू शब्द हो । यसको अर्थ हो गोलो पुरी जस्तै चिजमा आलुको चटपटे मिसाइएको । पानीपुरीको गोलाकार पुरी मुखमा एकै गाँसमा खान सकिन्छ । यही कारण यसलाई गोलगप्पा भनिएको हो । अंग्रेजी शब्दकोशमा गोलगप्पेको अर्थ ‘पानीले भरिएको इन्डियन ब्रेड’ भिनएको छ । यसको शाब्दिक अर्थ हो, पानीको रोटी । सन् १९९५ मा यस परिकारलाई गोलगप्पा नाम दिइएको हो ।

पानीपुरी कसरी बन्छ त ?
पानीपुरी अटा वा सुजी मिलाएर बनाइन्छ । भुक्क फुलेको गोलाकार रोटीमा एकातिर सानो प्वाल बनाइन्छ । त्यसमा आलु लगायत मसलाको मिश्रण राखिन्छ । अब इमली पानी हालेर पानीपुरी खान सकिन्छ ।

यस किसिमको पानीपुरी भारतको बनारसबाट सुरु भएको मानिन्छ । हुन त भारतको विभिन्न राज्यमा पानीपुरी निकै रुचाइन्छ । साथै फरक फरक प्रदेश एवं क्षेत्रमा यसको नाम पनि केही फकर छ । जस्तो महाराष्ट्रमा पानीपुरी भनिन्छ, पश्चिम बंगालमा पुचके, गुजरातमा पकोडी ।

स्वादिलो तर हानिकारक
हामीकहाँ पानीपुरी खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । के त्यसो भए पानीपुरी अस्वस्थ्यकर खानेकुरा हो ? पक्कै होइन । पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई कुनै हानी गर्दैन । यद्यपी हामी बजारमा उपलब्ध पानीपुरी खान्छौं । त्यसमा पनि सडक किनारमा राखिएको । ति पानीपुरी बनाउने तौरतरिका स्वस्थ्यकर छैनन् ।

पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै कुरा अस्वस्थ्यकर ढंगले गरिन्छ । त्यही कारण त पोषणविदहरुले बेलाबखत चेतावनी दिन्छन्, ‘पानीपुरीले स्वास्थ्य बिग्रन्छ है ।’

पानीपुरीमा हानिकारक मिसावट

त्यसो त बजारमा उपलब्ध पानीपुरी स्वस्थ्यकर ढंगले बनाइदैन । पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुनेगर्छ । कतिपय अवस्थामा के पनि पाइएको छ भने पानीपुरीमा हानिकारक मोविलजस्तो देखिने पदार्थ समेत प्रयोग गरेका छन् ।

सरकारी अनुगमनका क्रममा पानीपुरीमा हानिकारक पदार्थ मिश्रण गरिएको पाइएको छ । हेर्दा खानेतेल जस्तो देखिने ति पदार्थ अखद्य तत्व रहेको पनि पुष्टि भएको छ ।

पानीपुरी बेच्न प्रतिबन्ध

कतिपय ठाउँमा पानीपुरी बिक्री वितरणमै रोक लगाएको खबर पनि सुनिने गरिएको छ । मानव स्वास्थ्यमा गंभिर असर गर्ने पदार्थ मिश्रण गरेर बनाइने भएकाले पानीपुरी प्रतिबन्ध लगाएको बताइन्छ ।

बाग्लुङमा यसअघि अखाद्य पदार्थ मिसाएको, जथाभावी ढंगले बेचिएको भन्दै पानीपुरी विक्री वितरणमा रोक लगाएको थियो ।

पानीपुरी सेवनकै कारण मान्छेहरु बिरामी परेको खबर पनि बेलाबेला आउने गर्छ । सुर्खेतको भेरीगंगा नरपालिका, रामघाटको सिन्चुमा चटपटे र पानीपुरी खाँदा ४३ जना बिरामी परेका थिए ।

क्यान्सरको खतरा

हालै प्रकासित एक खबर अनुसार पानीपुरीको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्नसक्ने बताएको छ । पानीपुरीको अधिक सेवनले कलेजोलाई निकै हानि पुर्‍याउने गर्छ । पानीपुरीमा मिश्रण गरिएको कृतिम रंग र अखाद्य पदार्थ आन्द्राको लागि हानिकारक हुने बताइन्छ ।

पानीपुरी बनाउने, बेच्ने क्रममा जति लापरवाही गरिएको हुन्छ, त्यसले आन्द्राको क्यान्सर गराउने संभावना रहन्छ । धनिया, पुदिना, चटनीको स्थानमा पानीपुरीको पानीमा कृतिम रंग मिसाइन्छ । साथै सडेगलेको खानेकुरा प्रयोग गरिन्छ । पानीपुरी घरमै बनाएर स्वस्थ्यकर ढंगले सेवन गर्न सकिन्छ । यद्यपी बजारका पानीपुरी सेवन गर्दा स्वास्थ्यमा गंभीर असर गर्न सक्छ ।janaboli

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=58s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार