काठमाडौं । त्रिभुवन विश्वविद्यालयमाथि अख्तियारको नजर परेको छ । कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको हो ।

अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ । गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी भर्नाको लिखित नतिजामा आयोगकै अधिकारी, विद्यार्थी नेता तथा कर्मचारीका आफन्त उत्तीर्ण भएको भन्दै उजुरी परेपछि अनुसन्धान थालिएको हो ।

कर्मचारीको मिलेमतोकै आधारमा नतिजा प्रकाशन गरिएको आशंका गरिएको छ । चलखेलका आधारमा कर्मचारी भर्ना गर्न लागेको उजुरी परेपछि अख्तियारले एक महिनादेखि नजर राख्दै आएको थियो । त्रिवि शिक्षा आयोगले लिएको लिखित परीक्षामै चलखेल गरेको अख्तियारको आशंका छ ।

अख्तियारले उत्तरपुस्तिका नियन्त्रणमा लिई कागजपत्र अध्ययन गरेर आयोगका पदाधिकारीको बयानसमेत सुरु गरेको जनाएको छ । लोकसेवा आयोगको जस्तो डबल कोडिङ सिस्टम नहुँदा त्रिवि सेवा आयोगको कर्मचारी भर्नामा चलखेल हुँदै आएको आरोप लाग्ने गरेको छ । त्रिविभित्रका अन्य आर्थिक अनियतिताबारे समेत उजुरी परेको र छानबिन भइरहेको छ ।janaboli

https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=58s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार