दाङस्थित सम्राट सिमेन्ट उद्योगको भवन भत्किँदा तीन मजदुरको मृत्यु भएको छ । भवन निर्माण गर्ने क्रममा भइरहेको ढलान भत्किँदा तीन भारतीय मजदुरको मृत्यु भएको उद्योगले जनाएको छ ।

शनिबार बिहान साढे १ बजेतिर लमही नगरपालिका वडा नम्बर ७ स्थित उद्योगको निर्माणाधीन भवन भत्कँदा भारतीय नागरिक साहेब बोद्रा, दयाल हरेन र मंगल कश्यपको मृत्यु भएको उद्योगका जिएम रेमन्त ढकालले जानकारी दिए । उद्योगका अनुसार ती मजदुरहरुले पाँच तलामाथि भवन निर्माणको काम गरिरहेका थिए ।

पाँचौँ तलामाथि थप अर्को थला थप्नका लागि पीलर निर्माणको काम गर्दैगर्दा भवन भत्किएको हो । निर्माणको काम गरिरहेका ६ जनामध्य तीनजनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा अजय हेरेन, नरेन बोर्डोलाई र बिटेन बोर्डोलाई रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=129s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार