अभिनेत्री नम्रता श्रेष्ठले शुक्रबार आफ्नो ३३औँ जन्मदिन मनाएकी छिन् ।

उनले यसपालीको जन्मदिन आफ्नो प्रदर्शाेन्मुख फिल्म जाइराको टिम र सञ्चारकर्मीसँग मनाइन् ।पछिल्लो समय आफू निर्मित जाइरा फिल्मको प्रमोसनमा लागिरहेकी नम्रताले जन्मदिनको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिन् ।

उनले आफूले ज्ञानेश्वरमा सञ्चालन गर्दै आइरहेको एटिक बारमै केक काटेर ‘बर्थ डे सेलिब्रेट’ गरेकी हुन् ।

जाइरामा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा छिन् । नवनिर्देशक आशुतोषराज श्रेष्ठले निर्देशन गरेको फिल्ममा आफू शीर्ष भूमिकामा छिन् ।

उनका साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगरलगायतले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार