एजेन्सी – श्रीमानसँग सामान्य विवाद भएपछि भारतमा एक महिलाले “टिकटक” मा लाइभ गरेर आत्महत्या गरेकी छन्। भारत तमिलनाडु स्थिति अरियालुरमा २४ वर्षीय अनिता नाम गरेकी महिलाले विष पिएर आत्महत्या गरेकी हुन्। भारतीय संचार माध्यमहरुका अनुसार आत्महत्या गर्ने अनितालाई “टिकटक” को लत नै लागेको थियो ।

“टिकटक” कै विषयलाई लिएर परिवारमा दिनहुँ किचलो भएपछि अनिताले आत्महत्या गरेको मिडियाहरुले बताएका छन्। धेरै “टिकटक” चलाएको भन्दै श्रीमानले गालि-गलौज गरेपछि अनिताले आत्महत्या गरेको बताइएको छ ।

अनिताले विष पिएर आत्महत्या गरेको भिडियो सामाजिक संजालहरुमा पनि देखा परेको छ। आफ्नो अन्तिम भिडियोमा अनिताले पतिलाई सम्बोधन गर्दै छोरा-छोरीलाई ध्यान दिन आग्रह गरेकी छन् ।

पतिलाई सम्बोधन गरेपश्चात महिलाले सेतो बोतलमा रहेको विष पिएको भिडियोमा देखिएको छ। प्राप्त जानकारी अनुसार विष पिए लगतै उनको मृत्यु भएको थियो ।

आत्महत्या गर्ने अनिताका पति पलानीभेल सिंगापुर रहँदै आएका छन्। धेरै समय अगाडी देखि “टिकटक” को लत लागेकी अनिताले दैनिक जस्तो भिडियो बनाउने गरेकी थिइन्। सोहि विषयलाई लिएर पति-पत्नी बीच झगडा हुने गरेको थियो। अनितालाई चिन्ने नजिकका महिला साथीहरुका अनुसार उनी “टिकटक” बिना बस्न नै सक्दैनथिन् ।

https://www.youtube.com/watch?v=9GTAOdfnWgE&t=129s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार