काठमाडौं । अहिले नेपालमा चारैतिर बलिउड नायिका सन्नी लियोनीको चर्चा चुलिदैं गएको छ । केही समय अगाडीसम्म बलिउड नायिका सनी लियोनीले नेपाली फिल्ममा काम गर्न लागेको खबरलाई धेरैले पत्याएका थिएनन् ।
यसबीच सनी लियोनीले अभिनय गरेको नेपाली फिल्म पासवर्डको गीत समेत सार्वजनिक भएपछि सबै आश्चर्यमा देखिएका छन् । मेरो नाम सन्नी बोलको उक्त गीतलाई दर्शकहरुले खुबै रुचाईरहेका छन् ।
भिडियोमा सनीको बोल्ड अवतार देख्न पाईन्छ । भिडियोलाई ९ लाख भन्दा धेरै पटक हेरिएको छ । गीतमा सनीलाई सय भन्दा बढि कोरस डान्सरहरुले साथ दिएका छन् । भिडियोमा सनीसंगै नायक बिक्रम जोशी ,अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनी देखाइएको छ ।

गीतलाई विष्णु देभाले कोरियोग्राफी गरेका छन् । जसले बलिउडमा सलमान खान , साहरुख खान जस्ता नायकहरुलाई नचाईसकेका छन् । सनीलाई यस गीतका लागि २ करोड पारिश्रृमिक दिईएको बताईएको छ ।
यता सनीले भने नेपाली फिल्मको हिस्सा हुन पाएको खुसी व्यक्त गरेकी छिन् । गीतलाई ट्वीटरमा सेयर गर्दै उनले यस्तो उल्लेख गरेकी हुन् । उनले लेखेकीछिन् ‘म खुसी छु मेरो नयाँ नेपाली गीत सेयर गर्दा । नेपालप्रतिको मेरो माया धेरैलाई थाहा नै छ । म गर्व महसुस गरिराछुँ नेपाली फिल्मको हिस्सा हुन पाउँदा ।’
सनीले सेयर गरेको भिडियोमा नेपाली लगायत विदेशीहरुले पनि प्रतिकृया दिइरहेका छन् । सार्वजनिक गीतमा गीतमा दुर्गा खरेलको आवाज , अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द रहेको छ ।
फिल्ममा बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम जोशी ,अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको यस फिलमएक्सन र थ्रिलर हो ।
फिल्म भदौँ २७ मा अल नेपाल रिलिज हुँदैछ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् । चलचित्रमा लगानी राम्रो रहेको भन्दै त्यही प्रकारले व्यापार गर्ने कुरामा आफुहरु विश्वस्त भएको निर्माण पक्षले बताएको छ । भिडियो हेर्न यहाँ हेर्नुहोस्







