ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितको पहिलो दिन शनिबार नयाँ इतिहास बनेको छ । उद्घाटन खेलमा ब्राजिलियन फुटबलमा नयाँ इतिहास बनेको हो । खेल ब्राजिल र बोलिभियाबीच भएको थियो ।

खेलमा ब्राजिलियन फुटबलको इतिहासमै सबैभन्दा धेरै दर्शक शुल्कबाट आम्दानी भएको छ । खेलमा कुल ४७ हजार २६० दर्शकमध्ये ४६ हजार ३४२ दर्शक टिकट काटेर खेल हेर्न मैदान छिरेका थिए । खेलमा एउटा टिकटको मूल्य ४८५ डलर थियो । यो खेलमा दर्शकबाट २२ मिलियन अमेरिकी डलर आम्दानी भयो । जुन ब्राजिलको ए डिभिजन क्लबले पुरै सिजनमा दर्शकबाट कमाउने रकम भन्दा धेरै हो । यसअघि सबैभन्दा बढी विश्वकप छनौटमा चिलिविरुद्धको खेलमा १५ मिलियनभन्दा बढी आम्दानी भएको थियो ।

कोपा अमेरिका फुटबल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दैछ । समूह ए मा आयोजक ब्राजिलसँगै बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । त्यस्तै, समूह बीमा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । त्यस्तै, समूह सी मा चिली, इक्वेडर, जापान र उरुग्वे रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार