सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा आज एक युवा बेपत्ता भएका छन् ।
पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।
साथीसँग पौडी खेल्न गएका राई दिउँसो २ः३० बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताउनुभयो ।
राई अन्य चार साथीसँग पौडी खेल्न गएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।(रासस)
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=60s







