कैलालीको मध्यक्षेत्र घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा निर्माणाधिन शीत भण्डारमा शनिबार आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

प्रहरी चौकी, पहलमानपुरका प्रहरी सहायक निरीक्षक प्रताप चन्दले शीत भण्डारमा मजदूरले वल्डिङ सम्बन्धी काम गरिरहेको अवस्थामा निस्केको आगोको झिल्कोबाट सल्केको आगोबाट एक करोड रुपैयाँ भन्दा बढी मूल्यका निर्माण सामग्री जलेर नष्ट भएको जानकारी दिए।

स्थानीय रामबहादुर रावत लगायतका नौ/दश जनाको संयुक्त लगानीमा उक्त ठाउँमा शीत भण्डार गृहको निर्माण भइरहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार