काठमाडौ । दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् ।
उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो ।
भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट विभिन्न देशको सडकमार्ग हुँदै अमेरिका लगिएको हो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि उनलाई नेपाल डिपोर्ट गरिएको थियो ।
पक्राउ परेका जिसीले हाल मृत्यु भइसकेका एक प्रदेशसभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिकादेखि अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=67s







