एजेन्सी । तपाई लामो सम्बन्धपछि अचानक एक्लै हुनुभएको छ ? यस्तै हो भने दुःखी नहुनुस् । फेरि पनि तपाईलाई झमेला हुँदैन । किनभने सम्बन्धमा हुनु फाइदा हुन्छ भने विछोड हुनुमा पनि आफ्नै फाइदा छन् । तपाईको सम्बन्ध सकिएपछिको दुःखाई कम हुँदै गएपछि सहयोगी सावित हुनेछ ।
जहाँसुकै जे पनि खाइन्छ
जब तपाई सम्बन्धमा हुनुहुन्थ्यो त तपाई साथीको इच्छालाई पनि ध्यान दिनुपथ्र्यो । स्थानको पनि ध्यान दिनुपथ्र्यो । अब तपाई त्यो जिम्मेदारीबाट टाढा हुनुुहुन्छ । त्यसैले जहाँ चाह्यो जे मन लाग्यो त्यो खानुस् ।
आर्थिक बचत
न साथीका लागि कुनै उपहार किन्नुपर्ने समस्या न केही चिजमा रुपैयाँ खर्च गर्नुपर्ने झन्झट । रुपैयाँ बचत गरेर राख्नुस् र आफै आर्थिक रूपमा मजबूत हुनुस् ।
आनन्ति निन्द्रा
अब मध्यरातसम्म जागै बस्नुपर्ने अवस्था छैन । न फोनमा लामो कुराकानी हुन्छ न भिडियो वा अडियो च्याट हुन्छ । यस समय कुनै उत्पादनशिल क्षेत्रमा खर्च गर्नुस् ।
साथीसंग रमाइने
सम्बन्धमा रहेका बेला साथीहरुलाई दिन नसकिएको समय अब दिनुस् । विद्यालय र क्याम्पसको बेलाका साथीहरुसंगको भेटघाट सुरु गर्नुस् ।
अरुलाई बुझ्ने मौका
कसैको साथ छुटेपछि जिन्दगी खतमै हुँदैन । आफ्नो जिन्दगी सँधैका लागि खास बनाइराख्नुपर्छ । जब कोही त्यस्तो व्यक्ति मिल्यो जसको साथले तपाईलाई खुशी दिन सकोस् । त्यसको साथका लागि ढिलाई नगर्नुस् । यस्तो होइनकी जब कोही सम्बन्ध कुनै एकको गल्तीले टुट्दैन । यदि तपाईलाई अगाडिको सम्बन्धमा आफूले पनि गल्ती गरेको छु भन्ने लाग्छ भने त्यहि गल्तीलाई नयाँ सम्बन्धमा नदोहोर्याउनुस् ।
https://www.youtube.com/watch?v=l9l_P7jJ9Ck&t=67s







