संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको लोकसेवा आयोगले खुलाएकाे विज्ञापनबारे सर्वोच्च अदालतले दिने निर्णय मान्य हुनु बताएका छन्।
सञ्चार केन्द्र नेपालले शनिबार गरेको साक्षात्कारमा मन्त्री पण्डितले लोकसेवा आयोग खुलाएको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशन सम्बन्धी विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतको फैसला मान्य हुने बताएका हुन्।
उनले लोकसेवाको विज्ञापनबारे अझै पनि कुनै अन्योलता र भ्रम नरहेको पनि दाबी गरे। ‘ सर्वोच्चमा यो मुद्दा परिसकेको छ र सर्वोच्चको निर्णय नै सर्वमान्य हुनेछ,’ मन्त्री पण्डितले भने।
मन्त्री पण्डितले राज्य व्यवस्था समितिले कुनै अनुगमन नै नगरी निर्देशन दिएपनि सरकार दुर्भाग्यपूर्ण कार्यमा नलाग्ने स्पष्ट पारे। स्थानीय निकायमा आवश्यक कर्मचारी भर्ना गरिदिन स्थानीय तहहरुको मागका आधारमा मन्त्रालयले संवैधानिक व्यवस्था अनुसार नै लोकसेवा आयोगलाई विज्ञापन गर्न भनेको बताए।
विज्ञापन रोक्न समिति दिएको निर्देशन नै त्रुटीपूर्ण रहेको मन्त्री पण्डितको भनाइ छ।
https://youtu.be/9GTAOdfnWgE







