मानिस स्वस्थ रहन कति पानी पिउने भन्न्नेबारे हाम्रो अनेक धारणा छ । पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन् । समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ ।
पानीको काम
पानी शरीरको मुख्य रसायन र शरीरमा उत्पादन हुने विकारयुक्त पदार्थ निकाल्ने पदार्थ हो । पानीले शरीरका जोर्नी, तन्तु, मांसपेसीदेखि कोषहरूलाई रसिलो राख्छ र सजिलोसँग चल्न सहयोग गर्छ । पानीले शरीरको तापक्रम नियन्त्रण गर्छ, कब्जियत घटाउँछ, शारीरिक प्रक्रियालाई सही राख्न सयहोग गर्छ । पानीले खाना पचाउनसमेत सहयोग गर्छ ।
एक दिनमा कति पिउने ?
स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा सरदर साँढे दुई लिटर पानी गुमाउँछ- पसिना, सास र दिसापिसाबबाट । यसरी शरीरबाट गुमेको पानी पूर्ति हुने गरी पानी पिउनुपर्छ ।
पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ । धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि २.५ लिटर पानी भए पुग्छ । शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सन जस्ता पेसामा भएकाहरूलाई भने तीन लिटरजति पानी जरुरत पर्छ ।
मौसम (सिजन )अनुसार पानीको मात्रा घटबढ गर्नुपर्छ । उदाहरणको लागि गर्मीको बेला पसिनाबाट शरीरको धेरै पानी गइरहेको हुन्छ । त्यसैले गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ । मधुमेह वा उक्त रक्तचाप नभएकाहरूले ग्लुकोज पानी र कागती पानी पनि खान सक्छन् । बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो हुन्छ । बिहान सकेसम्म दुईदेखि चार गिलास पानी पिउन उचित हुन्छ ।
बालबालिकालाई प्रोत्साहन
वयस्कभन्दा बालबालिकाका शरीरमा पानीको मात्रा कम हुने समस्या बढी हुन्छ । उनीहरूलाई वयस्कभन्दा शरीरको तौलको तुलनामा बढी पानीको जरुरत पर्छ । वयस्कहरूले धेरैजसो पिउने पानीको जोहो गरेका हुन्छन् तर बालबालिकाले सधैं त्यसो गर्न सक्तैनन् । पानी पिउनको लागि तिनीहरूले धेरैजसो अरूको सहयोग लिनुपर्छ । त्यही माथि, उनीहरूले शरीरमा पानीको मात्रा कम भएपछि देखिने शारीरिक लक्षणहरू सुरुमै थाहा पाउन सक्तैनन् । त्यसैले खेल खेल्दा र गर्मीयाममा उनीहरूको शरीरमा पानीको कमी अत्यधिक हुन सक्छ ।
सबैभन्दा राम्रो औषधी
निम्नलिखित कारणले हामीले दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ ।तौल घटाउन स् धेरै क्यालोरी हुने पेय पदार्थहरू (फलफूलको जुस, मादक पदार्थ र सफ्ट ड्रिंक्स) ले तौल बढाउँछन् । यसको साटो शुद्ध पानी पिउने हो भने हामीले लिने क्यालोरी घट्छ । पानीमा कत्ति पनि क्यालोरी हुँदैन, त्यसैले प्रशस्त पानी पिउँदा तौल घट्छ । खाना खानुअगाडि एक गिलासजति पानी पिउँदा भोक घट्छ र थोरै खाना खाइन्छ । यसले पनि तौल घटाउन मद्दत गर्छ ।
शरीरलाई ऊर्जा स् शरीरमा साधारणतया हुने पानीको मात्रामा पाँचदेखि सात प्रतिशत कमी भयो भने कमजोरी अनुभव हुन थालिहाल्छ, मांसपेसी कमजोर हुन र खुट्टा बाँउडिन सक्छन् । कहिलेकाहीं शरीरमा शक्ति कम भएको अनुभव भएमा पानी पिउन उचित हुन्छ ।
कब्जियत स् कब्जियत भएकाहरूलाई सबैभन्दा सजिलो र राम्रो उपचार नै पानी हो । बिहान उठ्नेबित्तिकै दुईदेखि चार गिलास पानी पिउनेहरूको कब्जियतको समस्या हटेर गएको पाइएको छ । मुत्रनलीको संक्रमण (युरीनरी ट्र्याक्ट इन्फेक्सन): दिनमा दुईदेखि तीन लिटर पानी पिउनेहरूलाई मुत्रनलीको संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ । संक्रमण भइसकेकाहरूले पनि पानीको मात्रा बढाए भने तिनीहरूलाई पुनस् संक्रमण हुने सम्भावना घट्छ ।
मिर्गौलाको पत्थरी: मिर्गौलाको पत्थरीको लागि पानी पिउनु सबैभन्दा राम्रो उपचार विधि हो । पत्थरीको वंशाणुगत इतिहास भएकाहरूले दैनिक तीनदेखि चार लिटर पानी पिउने हो भने त्यस्तो रोगको सम्भावना कम हुन्छ ।
टाउको दुखाइ स् प्रशस्त पानी नपिउनेहरूलाई टाउको दुखिरहने समस्या हुन्छ । शारीरिक प्रक्रियाका ‘बाई प्रोडक्ट’ र शरीरलाई नराम्रो असर पार्ने विषाक्त पदार्थ (टक्सिन) लाई पानीले बगाइदिन्छ । स्वस्थ छाला: प्रशस्त पानी पिउँदा छालामा बेग्लै र प्राकृतिक चमक आउँछ । किनकि पानीले शारीरिक प्रणालीबाट उत्पादन हुने शरीरलाई विकार गर्ने पदार्थहरू बगाइदिन्छ ।
जलवियोजनका संकेत
शरीरमा पानीको कमी (जलवियोजन) शरीरमा विभिन्न किसिमका संकेत देखिन्छन् । मुख सुख्खा हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, दुविधा उत्पन्न हुने, निरन्तर थकाइ र आलस्य हुने हुन्छ । जब शरीरबाट पाँच प्रतिशतजति पानी गुम्छ – तिर्खा लाग्छ, त्यत्तिकै थकाइ र अल्छी लाग्छ, चिढचिढाहट बढ्छ, पिसाब बढी पहेंलो हुँदै जान्छ । पिसाबको रङ शरीरमा पानीको मात्राको सबैभन्दा राम्रो सूचक हो ।
बानी कसरी बनाउने ?
घर, कार्यालय, कार आदि ठाउँमा पानीको बोतलनजिकै र सजिलै पुग्न सकिने ठाउँमा राख्नुपर्छ । पानी पिउनुलाई रमाइलो क्रियाकलापको रूपमा लिने गर्नुपर्छ । शुद्ध पानीका साथसाथै कागती, ग्लुकोज मिसाएर पनि पिउन सकिन्छ ।
स्तनपान गराइरहेका आमाहरूले शरीरलाई पुग्ने खानेपानीको जोहो गरिराख्नुपर्छ । परिवारका सदस्यहरूलाई पनि प्रशस्त पानी पिउन प्रोत्साहित गर्नुपर्छ । घरमा बाबुआमा र परिवारका अन्य वयस्क सदस्यले प्रशस्त पानी पिउने उदाहरण बालबालिकालाई देखाउनुपर्छ ।
विभिन्न (एजेन्सी)
https://youtu.be/9GTAOdfnWgE







