आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई नौँ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको हो ।

सोफिया गार्डेनमा भएको खेलमा अफगानिस्तानले दिएको १२७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २८ ओभर ४ बलमा एक विकेट गुमाउँदै १३१ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कोकले अर्धशतकीय पारी खेले ।

७२ बल खेलेका डी कोकले ८ चौकाको सहयोगमा ६८ रन बनाए । त्यस्तै हसिद अमलाले ४१ रन जोड्दा एण्डि फेह्लुक्वायाले १७ रनको योगदान गरे । बलिङतर्फ अफगानिस्तानका लागि कप्तान गुल्बदीन नइबले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अल आउट हुँदै मात्र १२५ रन बनाएको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार